बच्चालाई कानको संक्रमणबाट जोगाउन स्तनपान

224
Shares

बच्चालाई स्तनपान गराउँदा फाइदै फाइदा छन् । किनकी स्तनपान गराउँदा बच्चाको लागि चाहिने सम्पूर्ण पौष्टिक तत्वहरु आमाको दुधबाट पुरा हुन्छ । बच्चाको शरीरिक, मानसिक विकास तथा रोग प्रतिरोधात्मक प्रणली मजबुत बनाउन पनि स्तनपान आवश्यक हुन्छ ।

यसका अतिरिक्त अमेरिकी सोधकर्ताहरुले स्तनपानको एक अर्को फाइदा पत्ता लगाएका छन् । शोधकर्ताका अनुसार बच्चा जन्मेको पहिलो वर्ष नियमित स्तनपान गराउदा बच्चामा कानको संक्रमण हुने खतरा कम हुन्छ ।

सो सोध अमेरिकाको टेक्सस यूनिभर्सिटीमा गरिएको थियो । अध्ययनका प्रमुख प्रोफेसर तस्त्री कानमैत्री भन्छन्, “लामो समयसम्म स्तनपान गर्ने बालबालिकामा रुघा खोकी तथा कानको संक्रमणको खतरा एकदमै कम हुन्छ । त्यसैगरी निमोनिया तथा फ्लुको संक्रमण पनि कम देखिन्छ ।”

जन्मेदेखि ६ महिनासम्म कानको संक्रमणबाट पिडित हुने बच्चाहरुमा त्यो समस्या दीर्घकालीन रुपमा देखिने डर हुन्छ । त्यसैले यो समस्याबाट टाढा रहन नियमित स्तनपान गराउन अध्ययनले सुझाव दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *