विशेषज्ञ चिकित्सकको लाईसेन्स परीक्षामा ७१ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २१ फागुन । नेपाल मेडिकल काउन्सिलले आज लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षा ( लाईसेन्स परीक्षा)मा ७०.७६ प्रतिशत पास भएका छन् ।

काउन्सिलका अनुसार परीक्षाका लागि ५ सय जनाले फारम भरे पनि आजको परीक्षामा ४ जना अनुपस्थित थिए । ‘कुल ४९६ जनाले परीक्षा दिएकोमा ३५१ जना उत्तीर्ण भएका छन्,’ काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले नेपाली हेल्थलाई भने, ‘७०.७६ प्रतिशत उत्तीर्ण भएका छन् ।’

बर्षको दुईपटक हुने विशेषज्ञ लाईसेन्स परीक्षा सानोभरयाङ स्थित नेपाली सेनाको मेडिकल कलेजमा भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *