विशेषज्ञ चिकित्सकको लाईसेन्स परीक्षामा ७१ प्रतिशत उत्तीर्ण

काठमाडौँ, २१ फागुन । नेपाल मेडिकल काउन्सिलले आज लिएको विशेषज्ञ चिकित्सक दर्ता परीक्षा ( लाईसेन्स परीक्षा)मा ७०.७६ प्रतिशत पास भएका छन् ।
काउन्सिलका अनुसार परीक्षाका लागि ५ सय जनाले फारम भरे पनि आजको परीक्षामा ४ जना अनुपस्थित थिए । ‘कुल ४९६ जनाले परीक्षा दिएकोमा ३५१ जना उत्तीर्ण भएका छन्,’ काउन्सिलका रजिष्टार डा. दिलिप शर्माले नेपाली हेल्थलाई भने, ‘७०.७६ प्रतिशत उत्तीर्ण भएका छन् ।’
बर्षको दुईपटक हुने विशेषज्ञ लाईसेन्स परीक्षा सानोभरयाङ स्थित नेपाली सेनाको मेडिकल कलेजमा भएको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



