मिर्गौला रोग पीडित गीतालाई सहयोग
इलाम, २० फागुन । इलाम कोल्बुङ–२ की मिर्गौलापीडित गीता सुनुवारको उपचारार्थ वैदेशिक रोजगारमा गएका इलामेले आर्थिक सहयोग गरेका छन् । इलामेली जनसम्पर्क मञ्च साउदी अरबले सुनुवारलाई उपचार सहयोगार्थ रु ३३ हजार नौसय आर्थिक सहयोग गरेका हुन् ।
श्रीमान् टीकाराम सुनुवारले आफ्नो श्रीमती गीताको मिर्गौला खराब भएको कारण उपचार गर्ने क्रममा आफूसँग भएको सबै सम्पत्ति सकिएपछि आर्थिक सहयोगको याचना गरेका थिए । सोही क्रममा मञ्चलाई पनि अपिल गरेका थिए।
मञ्चका सदस्यहरूबाट सङ्कलित स्वेच्छिक सहयोग इलामेली जनसम्पर्क मञ्च साउदी अरबका सल्लाहकार निर्मल रायमाझीले उक्त सहयोग पीडितका श्रीमान् टीकाराम सुनुवारलाई पठाएका हुन् । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



