मिर्गौला रोग पीडित गीतालाई सहयोग

इलाम, २० फागुन । इलाम कोल्बुङ–२ की मिर्गौलापीडित गीता सुनुवारको उपचारार्थ वैदेशिक रोजगारमा गएका इलामेले आर्थिक सहयोग गरेका छन् । इलामेली जनसम्पर्क मञ्च साउदी अरबले सुनुवारलाई उपचार सहयोगार्थ रु ३३ हजार नौसय आर्थिक सहयोग गरेका हुन् ।

श्रीमान् टीकाराम सुनुवारले आफ्नो श्रीमती गीताको मिर्गौला खराब भएको कारण उपचार गर्ने क्रममा आफूसँग भएको सबै सम्पत्ति सकिएपछि आर्थिक सहयोगको याचना गरेका थिए  । सोही क्रममा मञ्चलाई पनि अपिल गरेका थिए।

मञ्चका सदस्यहरूबाट सङ्कलित स्वेच्छिक सहयोग इलामेली जनसम्पर्क मञ्च साउदी अरबका सल्लाहकार निर्मल रायमाझीले उक्त सहयोग पीडितका श्रीमान् टीकाराम सुनुवारलाई पठाएका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *