चिकित्सकहरुको फुटसल प्रतियोगिता शनिबार

0
Shares

काठमाडौँ, १६ फागुन । चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुबीच फुटसल प्रतियोगिता हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुको संगठन नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

आगामी शनिबार( २१ फागुन)मा हुने प्रतियोगितामा १० वटा मेडिकल कलेजले सहभागिता जनाउने बताइएको छ । ‘टाईम एनआरडीए फुटसल कप’ नाम दिइएको यस प्रतियोगिता लिक र नकआउट चरणमा खेलाइने बताइएको छ ।

बिजेता टिमले क्रमश २५ हजार र १० हजार रुपैँया नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक डा .  कश्चेव श्रेष्ठले जानकारी दिए ।

आयोजक संस्थाका अध्यक्ष डा. लिजन महर्जनले चिकित्सा अध्ययनरत विद्यार्थीहरुबीच आपसी सौहार्दता बढाउने र खेलकुद र स्वास्थ प्रति सचेतना जगेर्ना गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *