चिकित्सकहरुको फुटसल प्रतियोगिता शनिबार

काठमाडौँ, १६ फागुन । चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुबीच फुटसल प्रतियोगिता हुने भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुको संगठन नेशनल रेजिडेन्ट डक्टर्स एसोसिएसनले फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

आगामी शनिबार( २१ फागुन)मा हुने प्रतियोगितामा १० वटा मेडिकल कलेजले सहभागिता जनाउने बताइएको छ । ‘टाईम एनआरडीए फुटसल कप’ नाम दिइएको यस प्रतियोगिता लिक र नकआउट चरणमा खेलाइने बताइएको छ ।

बिजेता टिमले क्रमश २५ हजार र १० हजार रुपैँया नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक डा .  कश्चेव श्रेष्ठले जानकारी दिए ।

आयोजक संस्थाका अध्यक्ष डा. लिजन महर्जनले चिकित्सा अध्ययनरत विद्यार्थीहरुबीच आपसी सौहार्दता बढाउने र खेलकुद र स्वास्थ प्रति सचेतना जगेर्ना गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *