विश्व मधुमेह दिवस : नेपाल मधुमेह समाजद्धारा सचेतना तथा निशुल्क स्वास्थ्य जाँच

0
Shares

काठमाडौँ, २८ कात्तिक । आज विश्व मधुमेह दिवस, नेपालमा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाइँदैछ ।

दिवसकै अवसर पारेर नेपाल मधुमेही समाजले भने सचेतना तथा स्वास्थ्य जाँच कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल मधुमेही समाजका अध्यक्ष शिव श्रेष्ठका अनुसार दिवसको अवसरमा आज विहान साढे सात बजे देखि झण्डै एक घण्टा जनचेतनामुलक प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियाृे ।

भोटेवहालबाट सुरु भएको प्रभातफेरी न्युरोड, असन, इन्द्रचोक हुँदै पुन: भोटेवहालस्थित कार्यालय परिसरमा आएर टुंगिएको थियो । त्यसपछि समाजले सोही परिसरमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

त्यसमा रगतबाट मिगौला जाँच, मधुमेह जाँच लगायतका विभिन्न जाँच गरिएको छ ।

हेर्नुहोस फोटो फिचर

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *