पानीमा दिसामा पाइने जीवाणु

0
Shares

धादिङ, २५ माघ । गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ ।

बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी जाँच गर्दा ११ मुहानको पानीमा कोलीफर्म भेटिएको हो । कोसोक नेपालले युएमएनको सहयोगमा बसेरी स्वास्थ्यचौकीको अगुवाइमा खानेपानी परीक्षण गरेको हो ।

यहाँका मुहानबाट पानीको नमुना लिएर जाँच गर्दा यसमा देखिएको कोलीफर्मले मानिस बिरामी हुने र महामारी फैलिने खतरा रहेको देखिएको कोसोकका कार्यक्रम संयोजक शान्ति तामाङले बताइन् ।

गाउँभरिको पानीमा यस्तो देखिएकाले यसको लागि मुहान सफाइ तथा पानीलाई निर्मलीकरण गरेर खान भनिएको पनि तामाङको भनाइ छ । पानीमा कोलीफर्म भेटिनुको कारण मुहान संरक्षणमा कमी भएकाले मुहान सुरक्षा गरी सरसफाइमा ध्यान दिनुपर्ने बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *