पानीमा दिसामा पाइने जीवाणु

धादिङ, २५ माघ । गाउँबासीले नियमित उपभोग गरिरहेको उत्तरी धादिङको बसेरी गाविसमा रहेको पानीमा दिसामा पाइने जीवाणु (कोलीफर्म) भेटिएको छ ।

बसेरी गाविसमा नागरिकले उपभोग गरिरहेको २१ मुहानको पानी जाँच गर्दा ११ मुहानको पानीमा कोलीफर्म भेटिएको हो । कोसोक नेपालले युएमएनको सहयोगमा बसेरी स्वास्थ्यचौकीको अगुवाइमा खानेपानी परीक्षण गरेको हो ।

यहाँका मुहानबाट पानीको नमुना लिएर जाँच गर्दा यसमा देखिएको कोलीफर्मले मानिस बिरामी हुने र महामारी फैलिने खतरा रहेको देखिएको कोसोकका कार्यक्रम संयोजक शान्ति तामाङले बताइन् ।

गाउँभरिको पानीमा यस्तो देखिएकाले यसको लागि मुहान सफाइ तथा पानीलाई निर्मलीकरण गरेर खान भनिएको पनि तामाङको भनाइ छ । पानीमा कोलीफर्म भेटिनुको कारण मुहान संरक्षणमा कमी भएकाले मुहान सुरक्षा गरी सरसफाइमा ध्यान दिनुपर्ने बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *