विषाक्त खानाबाट इन्डोनेसियामा २६९ विद्यार्थी बिरामी

जकार्ता, २९ साउन । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा खाना खाएपछि कम्तीमा २६९ बिरामी परेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार कारो रिजेन्सीका पाँच विद्यालयका विद्यार्थीमा बिहीबारदेखि खाना विषाक्तताका लक्षण देखिएपछि उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
बिरामी विद्यार्थीमा वाकवाकी लाग्ने, बान्ता हुने, छालामा एलर्जी देखिने तथा केहीलाई सास फेर्नसमेत गाह्रो हुने समस्या देखिएको छ।
उनीहरूलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको अधिकारीहरूले बताएका छन्। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको बताइएको छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




