प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्यअवस्थाबारे जानकारी
काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका नेकपा(मसाल) का महामन्त्री मोहनबिक्रम सिंहलाई आज अस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।
भेटमा प्रधानमन्त्री दाहालले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बताए ।
चिनीरोग र फोक्सोमा पानी जमेको लगायतका समस्याबाट पीडित भएपछि नेता सिंह विगत चार दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन्। एक्कासी वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



