प्रधानमन्त्रीद्वारा नेता सिंहको स्वास्थ्यअवस्थाबारे जानकारी

काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले टोखाको ग्रान्डी अस्पतालमा उपचार गराइरहेका नेकपा(मसाल) का महामन्त्री मोहनबिक्रम सिंहलाई आज अस्पतालमा भेट गरेर उनको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्।

भेटमा प्रधानमन्त्री दाहालले नेता सिंहको उपचारमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको प्रधानमन्त्रीका स्वकीय उपसचिव मनहरि तिमिल्सिनाले बताए ।

चिनीरोग र फोक्सोमा पानी जमेको लगायतका समस्याबाट पीडित भएपछि नेता सिंह विगत चार दिनदेखि ग्रान्डी अस्पतालमा उपचार गराइरहेका छन्। एक्कासी वर्षीय सिंहको उपचारपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *