डा. गोविन्द केसीसंगको सम्झौता कार्यान्वयनका लागि समिति गठन

काठमाडौँ, १४ माघ । सरकारले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन बारे सुझाव दिन पूर्वमहान्यायाधीवक्ता गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गरेको हो ।
समितिको सदस्यमा डा श्रीकृष्ण गिरी र शिक्षा मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य सचिव तोकिएका छन् ।
सो समितिले दन्त तथा आयुर्वेद विज्ञान बारे समेत सरकारलाई सुझाव दिने अधिकार पाएको छ ।
आफूसंग विगतमा गरिएका सहमतिको कार्यान्वनय नभएको भन्दै डा केसीले पुन अनसन बस्न सक्ने चेतावनी दिदै आएका छन् । डा केसीसंग सरकारले पछिल्लोपटक गत १९ मंसिरमा १२ वुँदे सम्झौता गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



