डा. गोविन्द केसीसंगको सम्झौता कार्यान्वयनका लागि समिति गठन

काठमाडौँ, १४ माघ । सरकारले डा. गोविन्द केसीसँग भएको सहमति कार्यान्वयन बारे सुझाव दिन पूर्वमहान्यायाधीवक्ता गौरीबहादुर कार्कीको नेतृत्वमा समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले समिति गठन गरेको हो ।

समितिको सदस्यमा डा श्रीकृष्ण गिरी र शिक्षा मन्त्रालयको उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सदस्य सचिव तोकिएका छन् ।
सो समितिले दन्त तथा आयुर्वेद विज्ञान बारे समेत सरकारलाई सुझाव दिने अधिकार पाएको छ ।

आफूसंग विगतमा गरिएका सहमतिको कार्यान्वनय नभएको भन्दै डा केसीले पुन अनसन बस्न सक्ने चेतावनी दिदै आएका छन् । डा केसीसंग सरकारले पछिल्लोपटक गत १९ मंसिरमा १२ वुँदे सम्झौता गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *