‘यमबुद्ध’को शब शनिबार नेपाल ल्याइदै

काठमाडौँ, १२ माघ । लण्डनमा निधन भएका चर्चित नेपाली -यापर यमबुद्ध(अनिल अधिकारी)को शब आगामी शनिबार नेपाल ल्याईने भएको छ ।
निधन भएको दुई साता पछि इत्तेहाद एयललाईन्सको उडानबाट शब शनिबार दिउसो नेपाल ल्याउन लागिएको पारिबारिक स्रोतले बताएको छ ।
गत १ माघका दिन विहान उत्तरी लण्डनस्थित आफ्नो निवासमा झुण्डिएको अवस्थामा उनको शब फेला परेको थियो । लण्डनमै रहेकी उनकी श्रीमती अस्मिता सेडाईले उनको शब लिएर आउने बुझिएको छ ।
मोरङका स्थानीय २९ बर्षीय यमबुद्ध पाँच बर्ष अघि ‘साथी’नामक गीत गाएपछि चर्चित बनेका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



