‘यमबुद्ध’को शब शनिबार नेपाल ल्याइदै

काठमाडौँ, १२ माघ । लण्डनमा निधन भएका चर्चित नेपाली -यापर  यमबुद्ध(अनिल अधिकारी)को शब आगामी शनिबार नेपाल ल्याईने भएको छ ।

निधन भएको दुई साता पछि इत्तेहाद एयललाईन्सको उडानबाट शब शनिबार दिउसो नेपाल ल्याउन लागिएको पारिबारिक स्रोतले बताएको छ ।

गत १ माघका दिन विहान उत्तरी लण्डनस्थित आफ्नो निवासमा झुण्डिएको अवस्थामा उनको शब फेला परेको थियो । लण्डनमै रहेकी उनकी श्रीमती अस्मिता सेडाईले उनको शब लिएर आउने बुझिएको छ ।

मोरङका स्थानीय २९ बर्षीय यमबुद्ध पाँच बर्ष अघि ‘साथी’नामक गीत गाएपछि चर्चित बनेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *