यी हुन् लिचीका पोषणसम्बन्धी पाँच तथ्यहरू

नेपालका तराई तथा पहाडी क्षेत्रमा अहिले सुगन्धित, रसिलो, गल्फ बलजत्रा आकारका रातो रङका लिचीले भरिएका छन्। यसको अर्थ एउटै हो—अहिले देशमा लिचीको मौसम चलिरहेको छ ।
अब प्रश्न उठछ लिची कति खाने ? किन खाने ?
चिकित्सकहरुले लिची धेरै नखान सुझाव दिने गर्दछन् । तर स्वादिलो फल यो किन खाने भनेर सोधि रहनु पर्दैन । बरु यसमा केही पोषक तत्वहरु रहेको पाइन्छ ।
यी हुन् लिचीका पोषणसम्बन्धी पाँच तथ्यहरू
- ताजा लिचीमा सुन्तला र स्ट्रबेरीभन्दा पनि बढी भिटामिन C हुन्छ।
- केवल ९ वटा लिची खाँदा एक वयस्कलाई दैनिक आवश्यक पर्ने १०० प्रतिशत भिटामिन C प्राप्त हुन्छ।
- १०० ग्राम लिची (करिब ७–१० वटा) मा करिब ६६ क्यालोरी हुन्छ।
- लिची रुखबाट टिपिसकेपछि थप पाक्दैन। त्यसैले हरियोभन्दा रातो लिची रोज्नु राम्रो हुन्छ, किनकि हरियो लिची कम गुलियो हुने र यसमा MCPG (मेथिलिन साइक्लोप्रोपाइल ग्लाइसिन) नामक प्राकृतिक विषाक्त पदार्थ बढी हुन सक्ने सम्भावना हुन्छ।
- नछोएको (बोक्रासहितको) लिचीलाई कागजी टिस्युमा बेरेर प्वाल भएको प्लास्टिकको झोलामा राखी फ्रिजमा राख्दा करिब एक सातासम्म ताजा रहन्छ। कोठाको तापक्रममा राख्दा भने यसको बोक्रा केही दिनमै खैरो हुन थाल्छ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

