भूकम्प अति प्रभावित गोरखामा केडीसीको दन्त शिविर

0
Shares

काठमाडौँ, ९ माघ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले भूकम्प अति प्रभावित जिल्ला गोखरामा एक दिने निशुल्क दन्त शिबिर सञ्चालन गरेको छ ।

लायन्स क्लव अफ काठमाडौँको संयोजनमा केराबारी १ गोरखामा शनिबार (हिजो) भएको उक्त शिबिरमा १५० बढीले दाँतको परीक्षण गरेका थिए । केडीसीकी डा स्मिता ढकालका अनुसार शिबिरमा परीक्षणका लागि आएका अधिकांशमा दाँतमा किराले खाने समस्या, गिजा सम्वन्धी समस्या देखिएको थियो ।

दन्त चिकित्सकहरुको टोलीले आवश्यकता अनुसार दाँत सफा गरिदिने, फिलिङ गरिदिने, दाँत निकाल्ने तथा मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण समेत दिएका थिए ।

शिविरको नेतृत्व डा जिविका पौडेलले गरेकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *