भूकम्प अति प्रभावित गोरखामा केडीसीको दन्त शिविर

काठमाडौँ, ९ माघ । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले भूकम्प अति प्रभावित जिल्ला गोखरामा एक दिने निशुल्क दन्त शिबिर सञ्चालन गरेको छ ।

लायन्स क्लव अफ काठमाडौँको संयोजनमा केराबारी १ गोरखामा शनिबार (हिजो) भएको उक्त शिबिरमा १५० बढीले दाँतको परीक्षण गरेका थिए । केडीसीकी डा स्मिता ढकालका अनुसार शिबिरमा परीक्षणका लागि आएका अधिकांशमा दाँतमा किराले खाने समस्या, गिजा सम्वन्धी समस्या देखिएको थियो ।

दन्त चिकित्सकहरुको टोलीले आवश्यकता अनुसार दाँत सफा गरिदिने, फिलिङ गरिदिने, दाँत निकाल्ने तथा मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण समेत दिएका थिए ।

शिविरको नेतृत्व डा जिविका पौडेलले गरेकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *