दश प्रतिशत श्यया निःशुल्क छ : नर्भिक

0
Shares

काठमाडौँ, ६ माघ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप कुल श्ययाको १० प्रतिशत निःशुल्क उपलब्ध गराएको बताएको छ ।

उक्त अस्पतालले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै बिरामीको इच्छा र उपलब्ध सेवा सुविधाका आधारमा न्यूनतम रु एक हजार ६०० देखि ४० हजार श्ययामा उपचारको व्यवस्था गरिएको बताएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले अस्पतालमा उपलब्ध सेवा सेवाग्राहीले आफ्नो इच्छानुसार लिन सक्ने भएकाले कसैले रु ४० हजारको श्ययामा बिरामीको उपचार गराउँछु भन्छ भने कसरी महँगो भन्न मिल्छ ? प्रश्न गरे । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *