दश प्रतिशत श्यया निःशुल्क छ : नर्भिक

काठमाडौँ, ६ माघ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप कुल श्ययाको १० प्रतिशत निःशुल्क उपलब्ध गराएको बताएको छ ।

उक्त अस्पतालले पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै बिरामीको इच्छा र उपलब्ध सेवा सुविधाका आधारमा न्यूनतम रु एक हजार ६०० देखि ४० हजार श्ययामा उपचारको व्यवस्था गरिएको बताएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रबहादुर सिंहले अस्पतालमा उपलब्ध सेवा सेवाग्राहीले आफ्नो इच्छानुसार लिन सक्ने भएकाले कसैले रु ४० हजारको श्ययामा बिरामीको उपचार गराउँछु भन्छ भने कसरी महँगो भन्न मिल्छ ? प्रश्न गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *