९ वटा सरकारी निकायमा नेतृत्व गर्ने अवसर

388
Shares

काठमाडौँ, २० जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्, अस्पताल र बोर्ड गरी ९ वटा सरकारी निकायमा खुल्ला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ती गर्ने प्रक्रिया अघि बढाएको छ ।

बोर्डले बुधबार सूचना सार्वजनिक योग्यता पुगेका व्यक्तिलाई १० दिन भित्र आवेदन दिन भनेको छ ।

कुन कुन निकायका लागि मागिएको छ आवेदन ?

  •  नेपाल आयुर्वेद चिकित्सा परिषद् – अध्यक्ष, सदस्य र रजिष्ट्रार
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषद् – अध्यक्ष, सदस्य र सदस्य सचिव
  • नेपाल नर्सिङ परिषद्अ -ध्यक्ष उपाध्यक्ष सदस्य र रजिष्ट्रार
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद् – अध्यक्ष र रजिष्ट्रार
  • नेपाल फार्मेसी परिषद् – अध्यक्ष, सदस्य र रजिष्ट्रार
  • नेपाल मेडिकल काउन्सिल – अध्यक्ष, सदस्य र रजिष्ट्रार
  • बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल – सदस्य
  • शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र – कार्यकारी निर्देशक र सदस्य
  • स्वास्थ्य बीमा बोर्ड – अध्यक्ष, सदस्य र कार्यकारी निर्देशक

यी पदहरु गत १९ बैशाखमा जारी अध्यादेशले खाली भएको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *