भावुक स्टाटस लेखेर कटारी अस्पतालबाट बाहिरिए डा. गौरब साह

‘कटारी छाड्दा स-सम्मान जान चाहन्थेँ, तर आज ज्यान जोगाउने गरि हिड्नु पर्‍यो’

384
Shares

काठमाडौँ, १२ जेठ । लामो समय कटारी अस्पतालमा सेवा गरेका डा गौरव साह आकस्मिक रुपमा बाहिरिएका छन् । शब व्यवस्थापनका विषयमा मृतकका आफन्तसंग विवाद परेपछि असुरक्षा महसुस गर्दै कटारी छाडेका हुन् ।

उनले अस्पताल छाड्नु अघि भावुक स्टाटस लेख्दै कटारीमा गरेका कामहरुको स्मरण गर्दै सबैलाई धन्यवाद दिएका छन् ।

हेर्नुहोस स्टाटस :

धन्यबाद ज्ञापन:

नमस्कार कटारी 🙏
2073/11/21 गते म कटारी अस्पताल आएको थिएँ। संघ अन्तरगत रहेको सुन्दर ठाउँ को नयाँ भवन तर हस्तान्तरण न भएको अस्पतालले राम्रो सम्भावना बोकेको छ भन्ने बारे एक झलक मै थाहा पाएँ। बर्सौ देखि अनेक बहानामा रोकेको भवनको  हस्तानतरण फुकुवा गराएर बिरामी भर्ना सेवा, सशुल्क फार्मेसी  सेवा देखि सिएस अप्रेसन सेवा सम्म तपाइँहरुकै सहयोगले एक नमुना आधारभुत अस्पतालको रुपमा बिकास गराइयो।

तत्कालीन नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ सर सङ बारम्बर भेट्नु पर्थ्यो कारन अस्पताल नगरपालिका मातहत स्थानतरण भएको थियो। उहाँबाट पनि राम्रै साथ सहयोग पाएँ। सायद ब्यकतिगत कामले कहिले भेट्नु परेन।

(यो बेला केहिले एमालेको tag भिडाए)!

तत्पश्चात अध्यन बिदा गए अनि पुनः हालका मेयर राजेशचन्द्र श्रेष्ठ दाइले आग्रह गरेर न चाह्दा चाह्दै पनि कटारी आएँ ।

मनमा अथाह माया र स्नेह थियो यो ठाउँको लागी।

फेरि पनि अलिक लडखडाएको अस्पताललाइ सहि दिशामा ल्याउन प्रयास गरे र केहि हद सम्म सफल पनि भएँ । अब नगर अस्पताल भएसि मेयर साब सङ समन्वय गर्नै पर्‍यो र सहयोग पनि पाएँ।

( तर केहिले मलाइ काङ्ग्रेसको tag भिडाए)

तत्पश्चात अस्पताललाई  प्रदेश मातहत लान प्रदेश माननीय रामकुमार खत्री दाईले हदै बल लगाउनु भयो।

आवश्यकता पनि भै सकेको थियो । यस क्रममा पनि सबै राजनितिक दल र stakeholders ले साथ सहयोग गरे। एकै जिल्लामा अर्को प्रदेशिक अस्पतालको कलपना तेति सामान्य होइन तर यो पनि पार लाग्यो।

यहाँ सम्म आइ पुग्दा 7 जना विशेषज्ञ चिकित्सक सहित 13-14 जना चिकित्सकको टिमले सिमित स्रोत साधन बाबजुद बल जोर गर्दै आगाडि बढ्दै थियौँ। बल्ल सुबिधा बढ्दै जाने क्रम थियो।

मेरो घर कटारीबाट एक घण्टाको दुरिमा छ तर घर बर्षमा दुइ पटक आएको रैछु, त्यति  तलिन भएछु काममा।

यस वर्षको अन्तिम काम ब्लड ब्यान्कको ठेक्का निस्किसकेको छ र म अत्यन्त हर्शित पनि छु।

मैले मेरो छोरो आफैले सुरु गरेको अप्रेसन कक्षमा जन्माएँ र आफ्नो छोरीलाइ तपाईहरुकै सामुदायक बिधालयमा अध्ययन् गराउने मौका पाएँ । काम गर्दै गर्दा त्रुटि भएको हुन सक्छ।

माफ गर्नु होला, मैले सधै कटारीलाई घर मानेर रमाएँ , तपाईंहरुले मलाइ कति अपनाउनु भयो बुझ्न बाँकी छ। धेरै नामहरु छुटेका छन् उल्लेख गर्न, बिस्तारै गरौंला।

आजको घटनालाई निष्पक्ष छानविन गरि प्रकृया अगाडि बढाउनु होला, मेरै दोष भए म आउने नै छु सजाय भोग्न। कटारी छाड्दा स सम्मान जान चाहन्थेँ, तर आज ज्यान जोगाउने गरि हिड्नु पर्‍यो, यसको पिडा भने रहिरहने छ।

यस ठाउँको लागि मैले गर्न सक्ने यति नै थियो तर स्नेह, साथ सहयोग रहिरहने छ। साथ सहयोगको लागि हृदय देखि धन्यवाद !! 🙏🙏

डा. गौरब साह

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *