सिभिल अस्पतालको कार्यकारी निर्देशकमा डा. दीर्घराज आरसी नियुक्त

0
Shares

काठमाडौँ, १९ पुस । मिनभवनस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालको कार्यकारी निर्देशकमा डा दीर्घराज आरसी (रोकाया क्षत्री) नियुक्त भएका छन्। मुख्य सचिवको अध्यक्षतामा रहेको अस्पताल विकास बोर्डले डा. आरसीलाई सोमबार चार वर्षका लागि नियुक्त गरेको हो। डा. आरसी यसअघि वीर अस्पतालको निर्देशक भैसकेका थिए ।

अस्पतालका निर्देशक डा. विमल थापाको चार वर्षे कार्यकाल सकिएपछि सरकारले डा। अरसीलाई नियुक्त गरेको हो।
सामान्य प्रशासन मन्त्रालयले गत १६ मंसिरमा कार्यकारी निर्देशक बन्न चाहनेले कार्ययोजना सहित निवेदन पेश गर्न भन्दै विज्ञापन आवहान गरेको थियो ।

अर्थोपेडिक सर्जन डा. आरसी हिप तथा घुँडा प्रत्यारोपणमा दख्खल राख्छन्। सिभिल अस्पतालमा उनकै अगुवाइमा हिप तथा घुँडा प्रत्यारोपण सेवा सुरु भएको हो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *