औषधी व्यवस्था विभागको निमित्त महानिर्देशक बनिन् शिवानी खड्गी

964
Shares

काठमाडौँ, २ बैशाख । औषधी व्यवस्था विभागको निमित्त महानिर्देशक जिम्मेवारी शिवानी खड्गीले पाएकी छन् । स्वास्थ्य मन्त्री निशा मेहताले गत २७ चैतमा मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन् ।

यसअघि बरिष्ठ औषधी व्यवस्थापकको रुपमा कार्यरत दशौँ तहकी खड्गी विभागमा हाल कार्यरत कर्मचारीहरु मध्ये सबैभन्दा बरिष्ठ हुन् ।

पत्रमा अर्के व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक तथा प्रशासनिक जिम्मेवारी सम्हाल्न भनिएको छ । आज पत्र पाएकी उनले नयाँ जिम्मेवारी सम्हालि सकेकी छन् ।

यसअघि गत २६ चैतमा मन्त्री मेहताले विभागका महानिर्देशक रहेका नारायणप्रसाद ढकाललाई मन्त्रालय तानेकी थिईन । कानून विपरित औषधीको मूल्य निर्धारण गरेको आरोप लागेपछि ढकाललाई मन्त्री मेहताले मन्त्रालय तानेकी हुन् ।

आरोपबारे छानविन गर्न मन्त्रालयले गत २७ चैतमा अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

छानविन गरी एक साता भित्र प्रतिवेदन बुझाउन भनिए पनि ३० चैत सम्म सो समितिले काम अघि बढाउन सकेको थिएन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *