विशेषज्ञ सेवा लिन थामि नसक्नु भिड (फोटो फिचर सहित)

0
Shares

सप्तरी, १८ पुस । राष्ट्रिय स्वास्थ्यकर्मी संघ सप्तरीद्धारा आयोजित बृहत निशुल्क स्वास्थ्य शिबिर शनिबार सम्पन्न भएको छ । राष्ट्रिय चिकित्सक संघ नेपालको सहयोगमा प्राविधिक सहयोगमा भएको उक्त शिबिरमा २ हजार पाँच सय बढीले स्वास्थ्य परीक्षण गरेको आयोजकले जनाएको छ ।

खोजपुर ६ स्थित जनता आधारभुत विद्यालयको परिषरमा शिबिर राखिएको थियो । उक्त शिबिरका लागि करीब डेढ दर्जन विशेषज्ञ चिकित्सक सहित ५० जना भन्दा बढीको स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।

चिकित्कस टोली संयोजक डा कृष्ण अधिकारीका अनुसार शिबिरका लागि केन्द्रबाट बरिष्ठ हाडजोर्नी विशेषज्ञ डा गणेश गुरुङ, डा प्रमोद बराल, बालरोग विशेषज्ञ डा गणेश राई, जनरल फिजिसियन डा सन्तकुमार दास, डा निरज बान, डा रञ्जीत झा, डा रमेश ढकाल, डा अजयकुमार मिश्र लगायतका टोली पुगेको थियो ।

त्यस्तै रेडियोलोजी तर्फ डा रोविन खड्का, डा प्रज्ञा शाक्य, आँखा रोग विशेषज्ञ डा शैलेशमणी पोखरेल, स्त्री रोग विशेषज्ञ डा अनामिका दास, डा अञ्जली रसाईली, दन्तरोग विशेषज्ञ डा प्रेनीत पोखरेल, डा योगेन्द्रप्रसाद राउत, छाला रोग विशेषज्ञ डा मनोज चौधरी लगायतको टोली खटिएको थियो ।

पहिलोपटक विशेषज्ञ चिकित्सक गाँउमा आएको थाह पाएपछि ठूलोसंख्यामा स्थानीयहरु परीक्षणका लागि आएका थिए । आएकामध्ये अधिकांश हाडजोर्नी तथा स्त्रीरोगसंग सम्वन्धी समस्या भएको पाइएको डा अधिकारीले बताए ।

उनले परीक्षणका अल्ट्रासाउन्ड, इसीजी, पीएफटी लगायतका मेसिनहरु लगेर जाँच गरिएको बताए । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले उदघाटन गरेको उक्त सिविरमा गम्भीर समस्या देखिएका विरामीलाई सगरमाथ अञ्चल अस्पतालमा रिफर गरिएको छ ।

डा अधिकारीका अनुसार राष्ट्रिय चिकित्सक संघकै टोलीले अबको केही महिना भित्रमा सिन्धुली जिल्ला अस्पताललाई सहयोग पुग्ने गरी विशेषज्ञ सिविर राख्ने योजना बनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *