प्रधानमन्त्री कार्यालयको निर्देशन पछि स्वास्थ्यद्धारा औषधीको मूल्यको सन्दर्भमा परेको उजुरी छानविन गर्न समिति गठन

124
Shares

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन पछि स्वास्थ्य तथा जनसंख्पा मन्त्रालयले औषधीको मूल्य बृद्धि सम्वन्धी विवाद छानविन गर्न अतिरिक्त स्वास्थ्य सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रचलित कानूनले तोकेको प्रक्रिया पुरा नगरी औषधीको मूल्य बृद्धि गरेको उजुरी आफू कहाँ आएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो (बिहीबार) स्वास्थ्य मन्त्रालयलाई तीन सदस्यीय छानविन समिति बनाई सात दिन भित्र त्यसको प्रतिवेदन पेश गर्न पत्राचार गरेको थियो ।

सोही अनुसार मन्त्रालयले आज डा श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

सो समितिमा मन्त्रालयकै कानून शाखाका प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञका रुपमा कविन मलेकु सदस्य तोकिएको छ ।

सो समितिलाई आवश्यक परे अन्य विज्ञ तथा कर्मचारीलाई समेत आमन्त्रण गर्न सक्ने अधिकार दिइएको छ ।

यसअघि बुधबारको प्रतिनिधि सभा बैठकमा सांसद राजीव खत्रीले विभागका महानिर्देशक ढकालको नाम नै किटान गरी प्रचलित कानूनी प्रक्रिया पुरा नगरी औषधीको मूल्य बृद्धि गरेको र सो क्रममा अर्बौ रकमको अपचलन भएको ठोकुवा गरेका थिए ।

खत्रीले संसदमा चर्को रुपमा विषय प्रवेश गराएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले हिजो विहानै ढकाल र खत्रीलाई बोलाई सोधपुछ गरेको थियो ।

दिउसो भने स्वास्थ्य मन्त्री निशा मेहताले ढकाललाई विभागको महानिर्देशको भूमिकाबाट हटाई मन्त्रालयमा हाजिर हुने पत्राचार गरेकी थिईन । ढकाल पनि हिजोबाट नै मन्त्रालयमा हाजिर हुन थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *