पातो खुला दिसामुक्त एवम् पूर्ण खोप घोषित

84
Shares

सप्तरी, २८ मंसिर- खुला दिसामुक्त अभियान अन्तर्गत पातो गाविसलाई ३२ औँ खुला दिसामुक्त तथा पूर्ण खोप गाविसका रुपमा आज घोषणा गरिएको छ ।

स्थानीय सबल नेपालको सहजीकरण तथा जिएसएफ एवम् ‘युएन ह्याविटाट’को आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा सो घोषणा गरिएको हो । गाविस सचिव विनोद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद ताराकान्त चौधरीको पनि उपस्थिति थियो ।

सन् २०१६ भित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहे पनि पछिल्लो चरणमा भएको लामो मधेस आन्दोलनका कारण यो अभियान प्रभावित भएकोले गर्दा लक्ष्य पूरा हुन नसकेको बताइएको छ ।

त्यहाँ ७१ प्रतिशत जनताको पहुँचमा सरसफाइ भएको डिवासिसीको तथ्याङ्कले देखाएको छ । नेपाल सरकारको सन् २०१७ भित्रै नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *