पातो खुला दिसामुक्त एवम् पूर्ण खोप घोषित

सप्तरी, २८ मंसिर- खुला दिसामुक्त अभियान अन्तर्गत पातो गाविसलाई ३२ औँ खुला दिसामुक्त तथा पूर्ण खोप गाविसका रुपमा आज घोषणा गरिएको छ ।

स्थानीय सबल नेपालको सहजीकरण तथा जिएसएफ एवम् ‘युएन ह्याविटाट’को आर्थिक सहयोग तथा प्राविधिक सहयोगमा सो घोषणा गरिएको हो । गाविस सचिव विनोद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद ताराकान्त चौधरीको पनि उपस्थिति थियो ।

सन् २०१६ भित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहे पनि पछिल्लो चरणमा भएको लामो मधेस आन्दोलनका कारण यो अभियान प्रभावित भएकोले गर्दा लक्ष्य पूरा हुन नसकेको बताइएको छ ।

त्यहाँ ७१ प्रतिशत जनताको पहुँचमा सरसफाइ भएको डिवासिसीको तथ्याङ्कले देखाएको छ । नेपाल सरकारको सन् २०१७ भित्रै नेपाललाई नै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *