पालुंगो खानुका फाइदा

436
Shares

 

पालुंगोको साग  स्वादिलोका साथै स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको सेवनले शरीरमा रगतको कमी भएकाहरुका लागि मात्र पालुंगो हितकारी हुन्छ भन्ने धेरैलाई थाहा छ । तर यसका अन्य औषधिय गुणको बारेमा भने कमैलाई थाहा होला ।

पालुंगोको सागमा अन्य धेरै पौष्टिक तत्वहरु पाइन्छन् जुन शरीरलाई अत्यावश्यक हुन्छ । १ सय ग्राम पालुंगोको साथमा २६ किलो क्यालरी उर्जा पाइन्छ । पालुंगोको सागमा २ प्रतिशत प्रोटिन, २.९ प्रतिशत कार्बोहाइड्रेट, पाइन्छ । त्यस्तै जम्मा ०.७ प्रतिशत चिल्लो, ०.७ प्रतिशत लवण तथा ०.६ प्रतिशत फाइबर पाइन्छ ।

पालुंगोको सागमा क्याल्सियम, फलाम मात्र होइन भिटामिन ए, बी, सी जस्ता विभिन्न भिटामिन समेत पाइन्छ । त्यसैले पालुंगोलाई शरीरको संरक्षक खाद्य पदार्थ समेत भनिन्छ ।

पालुंगोको सागको रसलाई नियमित रुपमा नरिवल पानीमा मिलाएर हरेक विहान पिउनाले मृगौलामा परेको पत्थरी हटाउन मद्दत पुग्छ ।

पालुंगोको सागको रसमा सिधेनुन मिलाएर नियमित पिउनाले दम तथा स्वास प्रस्वासका रोगीलाई फाइदा पुग्छ ।

नियमित रुपमा पालुंगोको साग खानाले स्मरण शक्ति बढ्ने र आयोडिनका कारण दिमागी थकान समेत कम हुन्छ ।

थाइराइडको समस्या भएका ब्यक्तिहरुका लागि समेत पालुंगोको सागको सेवनले फाइदा गर्छ ।

जण्डिसका रोगीले पालुंगोको साथ काँचै चपाउनु समेत निकै फाइदाजनक हुन्छ ।

रक्तचाप कम हुने समस्या भएकाहरुले दिनहुँ पालुंगोको साग सेवन गर्नुपर्छ ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *