नेपाल मेडिकल काउन्सिल निर्वाचन अपडेट : ४८०० मत गणना हुँदा कसको भोट कति ?
निर्वाचनमा उठेका सबै ३६ जना उम्मेद्धारको मत कसको कति ? हेर्नुहोस विवरण :

काठमाडौँ, १४ पुस । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तर्गत पछिल्लो अपडेट प्राप्त भएको छ ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म ४८०० मतगणनाको परिणाम सार्वजनिक भएको छ ।
मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा अहिलेसम्म डा गुरुशरण साह २१५३मतका साथ अग्रस्थानमा छन् । उनलाई डा कुञ्जाङ शेर्पाले १७८३ मतका साथ पच्छ्याएका छन् ।
आठ जना सदस्य पदमा सबैभन्दा बढी डा। सारिका गोइत २१७३ मतका साथ अग्रस्थानमा छिन् ।
दोस्रो स्थानमा २०५७ मतका साथ डा छविलाल पन्थी रहेका छन् ।
डा युविन कुमार यादव १८११ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
डा दिपेन्द्र पाण्डे १५७७ मतका साथ चौथो स्थानमा छन् ।
डा सम्राट पराजुली १५२४ मतका साथ पाँचौ स्थानमा आएका छन् ।
डा सरोजकुमार साह १३०३ मतका साथ छैटौँ स्थानमा छन् ।
डा. रबिन बस्नेत १३०१ मतका साथ सातौँ स्थानमा छन् ।
यसैगरी १२६३ मतका साथ डा उज्वल ठाकुर सातौँ स्थानमा रहेका छन् ।
१२४९ मतका साथ डा अस्मिता पोखरेल नवौँ स्थानमा आएकी छन् ।
यस्तै दशौँ स्थानमा १२४७ मतका साथ डा घनश्याम पाण्डे छन् ।
एघारौँ स्थानमा १२२२ मतका साथ डा कुम्भराज जोशी आएका छन् ।
बाह्रौ स्थानमा डा सरोजकुमार गोहियार १०३१ मतका साथ आएका छन् ।
निर्वाचनमा उठेका सबै ३६ जना उम्मेद्धारको मत कसको कति ? हेर्नुहोस विवरण :

सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

