नेपाल मेडिकल काउन्सिल निर्वाचन अपडेट : ४८०० मत गणना हुँदा कसको भोट कति ?

निर्वाचनमा उठेका सबै ३६ जना उम्मेद्धारको मत कसको कति ? हेर्नुहोस विवरण :
228
Shares

काठमाडौँ, १४ पुस । नेपाल मेडिकल काउन्सिल निर्वाचनको मतगणना अन्तर्गत पछिल्लो अपडेट प्राप्त भएको छ ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म ४८०० मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

मत सार्वजनिक हुँदा उपाध्यक्ष पदमा अहिलेसम्म डा गुरुशरण साह २१५३मतका साथ अग्रस्थानमा छन् । उनलाई डा कुञ्जाङ शेर्पाले १७८३ मतका साथ पच्छ्याएका छन् ।

आठ जना सदस्य पदमा सबैभन्दा बढी डा। सारिका गोइत २१७३ मतका साथ अग्रस्थानमा छिन् ।

दोस्रो स्थानमा २०५७ मतका साथ डा छविलाल पन्थी रहेका छन् ।

डा युविन कुमार यादव १८११ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

डा दिपेन्द्र पाण्डे १५७७ मतका साथ चौथो स्थानमा छन् ।

डा सम्राट पराजुली १५२४ मतका साथ पाँचौ स्थानमा आएका छन् ।

डा सरोजकुमार साह १३०३ मतका साथ छैटौँ स्थानमा छन् ।

डा. रबिन बस्नेत १३०१ मतका साथ सातौँ स्थानमा छन् ।

यसैगरी १२६३ मतका साथ डा उज्वल ठाकुर सातौँ स्थानमा रहेका छन् ।

१२४९ मतका साथ डा अस्मिता पोखरेल नवौँ स्थानमा आएकी छन् ।

यस्तै दशौँ स्थानमा १२४७ मतका साथ डा घनश्याम पाण्डे छन् ।

एघारौँ स्थानमा १२२२ मतका साथ डा कुम्भराज जोशी आएका छन् ।

बाह्रौ स्थानमा डा सरोजकुमार गोहियार १०३१ मतका साथ आएका छन् ।

निर्वाचनमा उठेका सबै ३६ जना उम्मेद्धारको मत कसको कति ? हेर्नुहोस विवरण :

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *