सह-प्राडाद्धय चालिसे र सेडाईं बने त्रिवि शिक्षण अस्पतालको उप-निर्देशक

468
Shares

काठमाडौँ, २१ मंसिर । चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) डीन कार्यालयले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जमा रिक्त उप-निर्देशक (दुई वटा) पदका लागि डा. पवनराज चालिसे र डा. गोपाल सेडाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

डीन कार्यालयले गत शुक्रबार डा. चालिसे र डा. सेडाईंलाई दुई वर्षका लागि उप निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त डाक्टर द्धयले आजबाट जिम्मेवारी सम्हालेका छन् ।

आईओएमका सहप्राध्यापक समेत रहेका डा. चालिसे त्रिवि शिक्षण अस्पतालको युरोलोजी एण्ड किड्नी ट्रान्सप्लान्ट सर्जरी विभागको विभागीय प्रमुख हुन् । यस्तै अर्का सहप्राध्यापक डा. सेडाईं न्युरोलोजी विभागको विभागीय प्रमुख हुन् ।

त्रिवि शिक्षण अस्पतालमा निर्देशकको जिम्मेवारीमा प्राडा सुवासप्रसाद आचार्य रहेका छन् । उनको प्रशासनिक तथा नीतिगत काममा सघाउने जिम्मेवारी उपनिर्देशकद्धयको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *