सह-प्राडाद्धय चालिसे र सेडाईं बने त्रिवि शिक्षण अस्पतालको उप-निर्देशक

500
Shares

काठमाडौँ, २१ मंसिर । चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) डीन कार्यालयले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) महाराजगञ्जमा रिक्त उप-निर्देशक (दुई वटा) पदका लागि डा. पवनराज चालिसे र डा. गोपाल सेडाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

डीन कार्यालयले गत शुक्रबार डा. चालिसे र डा. सेडाईंलाई दुई वर्षका लागि उप निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त डाक्टर द्धयले आजबाट जिम्मेवारी सम्हालेका छन् ।

आईओएमका सहप्राध्यापक समेत रहेका डा. चालिसे त्रिवि शिक्षण अस्पतालको युरोलोजी एण्ड किड्नी ट्रान्सप्लान्ट सर्जरी विभागको विभागीय प्रमुख हुन् । यस्तै अर्का सहप्राध्यापक डा. सेडाईं न्युरोलोजी विभागको विभागीय प्रमुख हुन् ।

त्रिवि शिक्षण अस्पतालमा निर्देशकको जिम्मेवारीमा प्राडा सुवासप्रसाद आचार्य रहेका छन् । उनको प्रशासनिक तथा नीतिगत काममा सघाउने जिम्मेवारी उपनिर्देशकद्धयको हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *