स्वास्थ्य मन्त्रालयको नियुक्ति सम्वन्धी नयाँ मापदण्ड स्वीकृत (मापदण्ड सहित)

5.4k
Shares


काठमाडौँ, २२ मंसिर- स्वास्थ्य मन्त्रालय अन्तर्गतका सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति तथा मनोनयन सम्वन्धी मापदण्ड सरकारले स्वीकृत गरेको छ ।

गत साता स्वीकृत मापदण्डमा विभिन्न निकायमा नियुक्तिका लागि छुट्टा छुट्टै योग्यता तोकिएको भएपनि कानून अनुसार नियुक्त भई कार्यरत पदाधिकारी तथा सदस्यहरुको हकमा लागू नहुने उल्लेख छ ।

मन्त्रालय अन्तर्गत रहेका अस्पताल विकास समिति, प्रतिष्ठान, परिषद लगायत विभिन्न निकायमा हुने नियुक्ति प्रक्रियाको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाएपछि स्वास्थ्यले मापदण्ड बनाउने कसरत थालेको थियो । अघिल्ला स्वास्थ्य मन्त्री रामजनम चौधरीकै पालमा बनाउने प्रयास भएपनि सफल हुन भने सकेको थिएन ।

मापदण्ड नबन्दा मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा नियुक्ति तथा मनोनयन गर्न समस्या परेपछि स्वास्थ्य मन्त्री गगन थापाले यसबारेमा चासो दिएका थिए । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार गत २४ कात्तिकमै प्रधानमन्त्री कार्यालयले मापदण्ड स्वीकृतीको पत्र पठाएको थियो । तर त्यसबीचमा मापदण्डको स्वरुपमा पटक पटक परिवर्तन भए ।

मन्त्रालयका कानून शाखा उपसचिव शम्भु रेग्मीले ढिलै भएपनि मापदण्ड स्विकृत भएको बताए । उनले मापदण्ड स्विकृत भएसंगै रिक्त रहेका निकायमा नियुक्त गर्न बाटो खुलेको बताए । रेग्मीले नयाँ मापदण्डले पहिले नै कानून अनुसार नियुक्त व्यक्तिलाई भने कुनै असर नगर्ने स्पष्ट पारे ।

गतसाता मात्रै स्वीकृत भएको मापदण्ड यस्तो छ  मापदण्ड हेर्न यहाँ क्लिक गर्नुहोला

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *