बिएस्सी नर्सिङ/बिएस्सी मिडिवाइफ्री लगायतका विषयको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

108
Shares

काठमाडौँ, २९ कात्तिक । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८२/०८३ मा चिकित्सा शिक्षा स्नातक तहमा भर्नाका लागि छनौट गर्न गत १७ कात्तिकमा लिइएको बिएस्सी नर्सिङ/ बिएस्सी मिडिवाइफ्री विषयको एकीकृत प्रवेश परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

यसैगरी आयोगले १८ कात्तिकमा सञ्चालन गरेको बीएनएस/ बीएमएस, बीएएमएस र बी अप्टोमेट्री विषयको नतिजा पनि सार्वजनिक गरेको छ ।

आयोगले यसअघि नै एमबीबीएस तथा बीडीएस लगायतका विषयको नतिजा सार्वजनिक गरिसकेको छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *