बीडीएस भर्नाका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ४ हजार ५४४ जनाले निकाले नाम

316
Shares

काठमाडौँ, २५ कात्तिक । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह अन्तर्गत बीडीएस शैक्षिक कार्यक्रमका लागि लिइएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

शैक्षिक सत्र २०८२ ८३ का लागि गत १६ कात्तिकमा सञ्चालन गरिएको उक्त परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगले परीक्षामा ४ हजार ५४४ जना बीडीएस पढाईका लागि योग्य भन्दै नतिजा सार्वजनिक गरेको छ ।

आयोगले परीक्षामा उक्तपुस्तिकामा रोल नंम्बरको बबल सहि किसिमले नभर्ने ३५ जना, सेटको बबल सहि किसिमले नगर्ने ३० जना परीक्षार्थीको उत्तरपुस्तिका रद्ध गरेको बताएको छ ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुहोला ……

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *