काठमाडौँमा सरकारी मापदण्ड अनुसारको भवन भएका सरकारी संस्था १२ प्रतिशत मात्रै !

काठमाडौँ महानगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाको छैन मापदण्ड अनुसारको भवन
112
Shares

काठमाडौँ, २५ कात्तिक ।  सरकारले निजी होस या सरकारी स्वास्थ्य संस्था, त्यसको भवन एवं पूर्वाधार भवन तथा पूर्वाधार सम्बन्धी मापदण्ड अनुसार भएको हुन पर्ने व्यवस्था गरेको छ । त्यसैका लागि स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ जारी गरेको छ ।

तर, सो मापदण्ड राजधानी काठमाडौँका सरकारी अस्पतालमा लागू हुन सकेको छैन ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका अनुसार साना सरकारी स्वास्थ्य संस्था (स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य केन्द्र तथा नगर अस्पताल) का भवनहरु सरकारले तोकेको मापदण्ड अनुसार पुरा गर्ने जम्मा १२ प्रतिशत छ । ८८ प्रतिशत सरकारी स्वास्थ्य संस्थाका भवनहरुको मापदण्ड पुगेको छैन ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टका अनुसार जिल्लाको ११ वटा स्थानीय तहमा रहेका १५२ वटा स्वास्थ्य संस्था मध्ये १८ वटा ( १२ प्रतिशत) को भवन मात्रै मापदण्ड अनुसार छ ।

त्यसमा पनि सबैभन्दा बढी स्वास्थ्य संस्था (३३ वटा) रहेको काठमाडौँ महानगरपालिकामा एउटा पनि स्वास्थ्य संस्थाको भवन मापदण्ड अनुसार छैन । कीर्तिपुर नगरपालिकामा १२ वटा स्वास्थ्य संस्था छन् ती मध्ये एउटाको पनि मापदण्ड पुगेको छैन ।

यस्तै सरकारी स्वास्थ्य संस्थाका एउटा पनि भवन मापदण्ड अनुसार नहुने पालिकाहरुमा टोखा र गोकणेश्वर रहेका छन् । यी दुई पालिकामा समान ११ ११ वटा स्वास्थ्य संस्था छन् ।

तर कागेश्वरी मनोहरामा भने १० मध्ये ४ वटा स्वास्थ्य संस्थाको भवन मापदण्ड अनुसार छ । यस्तै तारकेश्वरमा १४ मध्ये ४, नागार्जुनमा १० मध्ये २, चन्द्रागिरीमा १९ मध्ये २ र दक्षिणकालीमा ११ मध्ये २ वटा भवन मापदण्ड अनुसार छन् ।

यसरी सरकारी भवन नै मापदण्ड अनुसार नहुँदा निजी क्षेत्रको नियमन गर्न गाह्राृे हुने कर्मचारीहरु बताउँछन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *