मानवअंग प्रत्यारोपण केन्द्रमा केही साता भित्रै कलेजो प्रत्यारोपण गरिदैँ

840
Shares

human organ trancplant centre

काठमाडौँ, १७ मंसिर – भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले केही साता भित्रै कलेज प्रत्यारोपण गर्ने भएको छ । केन्द्रले प्रत्यारोपणको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

मन्त्रीपरिषदको बैठकले अंगप्रत्यारोपण नियमित तथा निशेध नियमावली २०७३ हिजो पास गरेपछि कलेजो प्रत्यारोपणको बाटो खुलेको हो ।
झण्डै एक बर्ष अघि संसदले कानून पास गरे पनि नियमवली बन्न नसक्दा कार्यान्वनयमा ढिलाई भएको थियो । तर स्वास्थ्य मन्त्री गगन थापाले यसलाई यो विषयलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएपछि अहिले कार्यान्वनयको बाटो खुलेको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नियमावली बनिसकेपछि मस्तिस्क मृत्यु भएकाहरुको अंगदान दिने र लिने बाटो समेत खुल्ला भएको बताए । ‘अब हामीले महिना होइन केही हप्ता भित्रै कलेजो प्रत्यारोपण गर्दैछाँ’ डा. श्रेष्ठले भने, ‘त्यति मात्रै होइन हिजोको नियमावलीले अब मस्तिस्क मृत्यु भएकाहरुको अंग लिन र प्रत्यारोपण गर्न समेत बाटो खोलिदिएको छ ।’

मस्तिस्क मृत्युभएकाहको दुईवटा मिर्गौला, दुईवटा फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा र पेनक्रियाज गरी आठ वटा अंग झिकेर प्रत्यारोपण गर्न सकिन्छ । यद्धपी नेपालाम अहिले मिर्गौलाको मात्रै प्रत्यारोपण भएको छ ।

मस्तिस्क मृत्यु भएकाको अंग कसरी दिने र लिने ?

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा अंगदान समन्वय इकाई छ । त्यो इकाईले अंग झिक्ने र कसलाई प्रत्यारोपण गर्ने निर्णय गर्छ । डा . श्रेष्ठ भन्छन्, ‘कुनै अस्पतालमा कसैको मस्तिस्क मृत्यु भयो र परिबारले अंगदान गर्न चाह्यो भने अस्पतालले समन्वय इकाईलाई खवर गर्छ । इकाईका प्राविधिक तत्काल अस्पतालमा पुग्छन र अंग झिक्छन् र प्राथमिकताका आधारमा आवश्यक व्यक्तिमा ती अंग प्रत्यारोपण हुन्छ ।
अंग लिनका लागि चाहिने व्यक्तिले पनि समन्वय इकाईमा सूचिकृत हुनुपर्छ । इकाईले प्राथमिकताको मापदण्डको आधारमा जसले बढी स्कोर प्राप्त गर्छ उसले पहिले अंग पाउछ । जस्तै बढी समय देखि पर्खेको, अंग म्याँच भएको, उमेर मिलेको, महिला लगायतका स्कोरिङ छन् ।’

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “मानवअंग प्रत्यारोपण केन्द्रमा केही साता भित्रै कलेजो प्रत्यारोपण गरिदैँ

  1. हाम्रो जस्तो अबिकसित देशमा यस प्रकारको सेवा सुबिधा उपभोग गर्न पाउनु अतिनै गौरब को कुरा हो । र यो सेवालाइ सबै जनताले सर्ब शुलभ तरिकाले उपयोग गर्न सकुन भन्ने मेरो ब्यक्तिगत तर्फबाट शुभकामना पनि दिन चाहन्छु। आशा छ यो सेवा बाट पिडित हरुलाइ उचित राहत मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *