मानवअंग प्रत्यारोपण केन्द्रमा केही साता भित्रै कलेजो प्रत्यारोपण गरिदैँ

human organ trancplant centre

काठमाडौँ, १७ मंसिर – भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरले केही साता भित्रै कलेज प्रत्यारोपण गर्ने भएको छ । केन्द्रले प्रत्यारोपणको लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

मन्त्रीपरिषदको बैठकले अंगप्रत्यारोपण नियमित तथा निशेध नियमावली २०७३ हिजो पास गरेपछि कलेजो प्रत्यारोपणको बाटो खुलेको हो ।
झण्डै एक बर्ष अघि संसदले कानून पास गरे पनि नियमवली बन्न नसक्दा कार्यान्वनयमा ढिलाई भएको थियो । तर स्वास्थ्य मन्त्री गगन थापाले यसलाई यो विषयलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएपछि अहिले कार्यान्वनयको बाटो खुलेको हो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नियमावली बनिसकेपछि मस्तिस्क मृत्यु भएकाहरुको अंगदान दिने र लिने बाटो समेत खुल्ला भएको बताए । ‘अब हामीले महिना होइन केही हप्ता भित्रै कलेजो प्रत्यारोपण गर्दैछाँ’ डा. श्रेष्ठले भने, ‘त्यति मात्रै होइन हिजोको नियमावलीले अब मस्तिस्क मृत्यु भएकाहरुको अंग लिन र प्रत्यारोपण गर्न समेत बाटो खोलिदिएको छ ।’

मस्तिस्क मृत्युभएकाहको दुईवटा मिर्गौला, दुईवटा फोक्सो, मुटु, कलेजो, सानो आन्द्रा र पेनक्रियाज गरी आठ वटा अंग झिकेर प्रत्यारोपण गर्न सकिन्छ । यद्धपी नेपालाम अहिले मिर्गौलाको मात्रै प्रत्यारोपण भएको छ ।

मस्तिस्क मृत्यु भएकाको अंग कसरी दिने र लिने ?

भक्तपुरस्थित मानवअंग प्रत्यारोपण केन्द्रमा अंगदान समन्वय इकाई छ । त्यो इकाईले अंग झिक्ने र कसलाई प्रत्यारोपण गर्ने निर्णय गर्छ । डा . श्रेष्ठ भन्छन्, ‘कुनै अस्पतालमा कसैको मस्तिस्क मृत्यु भयो र परिबारले अंगदान गर्न चाह्यो भने अस्पतालले समन्वय इकाईलाई खवर गर्छ । इकाईका प्राविधिक तत्काल अस्पतालमा पुग्छन र अंग झिक्छन् र प्राथमिकताका आधारमा आवश्यक व्यक्तिमा ती अंग प्रत्यारोपण हुन्छ ।
अंग लिनका लागि चाहिने व्यक्तिले पनि समन्वय इकाईमा सूचिकृत हुनुपर्छ । इकाईले प्राथमिकताको मापदण्डको आधारमा जसले बढी स्कोर प्राप्त गर्छ उसले पहिले अंग पाउछ । जस्तै बढी समय देखि पर्खेको, अंग म्याँच भएको, उमेर मिलेको, महिला लगायतका स्कोरिङ छन् ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “मानवअंग प्रत्यारोपण केन्द्रमा केही साता भित्रै कलेजो प्रत्यारोपण गरिदैँ

  1. हाम्रो जस्तो अबिकसित देशमा यस प्रकारको सेवा सुबिधा उपभोग गर्न पाउनु अतिनै गौरब को कुरा हो । र यो सेवालाइ सबै जनताले सर्ब शुलभ तरिकाले उपयोग गर्न सकुन भन्ने मेरो ब्यक्तिगत तर्फबाट शुभकामना पनि दिन चाहन्छु। आशा छ यो सेवा बाट पिडित हरुलाइ उचित राहत मिल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *