स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीद्धारा राजिनामा

372
Shares

काठमाडौँ, २१ कात्तिक ।  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंकप्रसाद बाराकोटीले पदबाट राजिनामा दिएका छन् । उनले आउँदो आइतबारबाट लागू हुने गरी राजिनामा पत्र स्वास्थ्य मन्त्री डा. सुधा शर्मालाई भेटेर आज बुझाएका हुन् ।

उनले राजिनामा पत्रमा आफ्‌नो स्वास्थ्यको कारण बताएका छन् ।

‘हो मैले पदबाट राजिनामा दिएको हुँ । स्वास्थ्यको कारण मैले राजिनामा दिएको हुँ । आउँदो आइतबार लागू हुने गरी भनेको छु,’ सम्छिप्त प्रतिक्रिया दिदै भने ।

डा. बाराकोटीको नियमित पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी थियो ।

१० चैत २०७९ मा बसेको मन्त्रिपरिषद्को बैठकले डा बाराकोटीसंगै हालका स्वास्थ्य सचिव डा विकास देवकोटालाई अतिरिक्त स्वास्थ्य सचिव (१२ औँ तह)मा बढुवा गर्ने निर्णय गरेको थियो ।

गत १२ फागुनमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको अवकाश भएपछि डा बाराकोटीपनि सचिवको प्रतिस्पर्धामा थिए ।

तर २१ फागुनको मन्त्रिपरिषद् बैठकले डा देवकोटालाई सचिवमा बढुवा गरेपछि उनलाई विभागको महानिर्देशक बनाइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *