नर्सको आन्दोलनबारे स्वास्थ्यद्धारा सरोकारवालासंग अनौपचारिक छलफल, आइतबार औपचारिक बार्ता गरिने

शुक्रबारको बार्तामा जेनजी अगुवा सुदन गुरुङ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पनि सहभागी
348
Shares

काठमाडौँ, ३१ असोज । आन्दोलनरत नर्सहरुको मागका विषयमा आगामी २ कात्तिकका दिन सर्वपक्षीय छलफल हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सरोकारवाला पक्षहरुको रुपमा आन्दोलनरत नर्सका प्रतिनिधिहरु, नेपाल नर्सिङ संघका प्रतिनिधि, निजी मेडिकल तथा डेन्टल कलेज संघका प्रतिनिधि, जेनजी प्रतिनिधि चिकित्सा शिक्षा आयोगका प्रतिनिधिसहित छलफल गरेर यस्तो निर्णय गरेको हो ।

‘आज हामीले नर्सिङका समस्या, आन्दोलनरत नर्सले उठाएका माग र सेवा सुविधाका विषयमा २०८१ मंसिर २७ को स्वास्थ्य मन्त्री स्तरीय निर्णय तथा निर्देशनबारे हामीले पुर्न जानकारी गरायौँ । यहि विषयमा केन्द्रीत रहेर आगामी २ कात्तिकका दिन दिउसो २ बजे सर्वपक्षीय छलफल हुने निर्णय भएको छ,’ नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले भनिन् ।

सरकारी सरह सेवा सुविधा हुनु पर्ने माग अघि सार्दै पोखरास्थित मणिपाल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजमा नर्सहरुले आन्दोलन थालेपछि अहिले सुदूरपश्चिमका विभिन्न निजी अस्पतालमा कार्यरत नर्सहरु पनि आन्दोलनमा उत्रिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार मात्रै स्वास्थ्य सचिव डा विकास देवकोटालाई बोलाएर नर्सिङ आन्दोलन र उनीहरुको मागका विषयमा तत्काल छलफल गरी समाधान गर्न निर्देशन दिएकी थिईन् । सोही अनुसार आज मन्त्रालयले पहिलो चरणको छलफल गरेको हो ।

आजको बैठकमा को को थिए ?

मन्त्रालयका सचिव डा विकास देवकोटाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकमा नेपाल नर्सिङ संघका अध्यक्ष प्राध्यापक शर्मा, निजी मेडिकल कलेज एण्ड डेन्टल कलेज एसोसिएसनका कोषाध्यक्ष समेत रहेका मणिपाल मेडिकल कलेजका सञ्चालक शान्तराज बतास, जेनजी अगुवा बताउने सुदन गुरुङ, मेडिकल व्यवसायी दुर्गा प्रसाई, स्वतन्त्र नर्स समूहका ज्योति रानाभाट, सागर खतिवडा लगायत सहभागी थिए ।

बैठकमा जेनजी अगुवा सुदन गुरुङले सुरुमै नर्सका समस्या बारेमा कुरा उठाएका थिए । उनले नर्सिङ संघका प्रतिनिधिहरुलाई नर्सका समस्याहरु समाधान तपाईँहरुले गर्नु पर्ने होईन भनेर सोधेका थिए । उनले निजी मेडिकल कलेज तथा अस्पतालहरुले चरम श्रम शोषण गरेको गुनासो आएको भन्दै त्यसलाई सच्याउन निजी स्वास्थ्य संस्था सञ्चालकहरुको ध्यानाकर्षण गराएका थिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भने आफूकहाँ कार्यरत नर्सहरुलाई सुविधाका विषयमा कुनै गुनासो नहुने भन्दै सरकारले तोकेको भन्दा बढी सुविधा आफूले दिदै आएको दावी गरे । उनले नर्सिङ सिट आफूहरुलाई कम दिएको भन्दै चिकित्सा शिक्षा आयोग समक्ष गुनासो गरे ।

यता मणिपालका सञ्चालक बतासले जागिर सुरु गर्ने स्टाफ नर्सहरुलाई ट्रेनीको रुपमा सुरुमा १७ हजार दिए पनि त्यसपछि बढाउँदै लगेको बताए । उनले आफूहरुले श्रम शोषण गर्ने उदेश्य नराखेको समेत बताएका थिए ।

नर्सिङ संघका प्रतिनिधिहरुले नर्सहरुमा माथि चरम श्रम शोषण भएको भन्दै यसमा संघले पहिल्यै देखि आवाज उठाउँदै आए पनि सम्वोधन नभएको बताए । उनीहरुले नर्सिङ लाइसेन्स पास भईसकेका नर्सहरुलाई ट्रेनीको रुपमा राख्न नमिल्ने भन्दै अब श्रम शोषण गर्न बन्द गर्नुपर्ने बताएका थिए ।

सचिव देवकोटाले आगामी दुई गते मागका विषयमा निस्कर्षमा पुग्ने गरी बार्तामा बस्ने भनेका थिए ।

यसैबीच नर्सिङ संघले आगामी २ कात्तिकमा औपचारिक वार्तामा बस्ने निर्णय भएको भन्दै आन्दोलनलाई निरन्तरता दिने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *