राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेद्धारा राजिनामा

488
Shares

काठमाडौँ, ३० असोज । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले पदवाट राजिनामा दिएका छन् ।

बुधबार प्रतिष्ठानकी कुलपति समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजिनामा बुझाएका हुन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले डा. लामिछानेलाई १० फागुन २०७८ मा राप्तीको उपकुलपति बनाएका थिए । सो अनुसार आगामी १० फागुनसम्म उनको पदावधी थियो । प्रधानमन्त्रीलाई बुझाएको राजिनामा पत्रमा उनले व्यक्तिगत तथा स्वास्थ्यका कारण उल्लेख गरेको स्रोतले बतायो ।

गत साता मात्रै सो प्रतिष्ठानकी पूर्व उपकुलपति डा. संगिता भण्डारीले मेसिन खरीदमा अनियमितता गरेको भन्दै अख्तियारले १२ करोड बढी विगो सहितको भ्रष्टाचार मुद्धा विशेष अदालतमा दायर गरेको थियो । डा. लामिछानेले एकाएक राजिनामा दिनु त्यसको प्रभाव पनि हुन सक्ने प्रतिष्ठानका कर्मचारीहरु बताउँछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *