मेडिकल काउन्सिलको वेवसाइट ह्याक
काठमाडौं, २९ असोज । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ। गत असोज २६ गते आइतबार दिउँसोदेखि काउन्सिलको वेबसाइट ह्याक भएको हो ।
काउन्सिलका रजिष्ट्रार डा सतिश कुमार देवले वेबसाइट ह्याक भएपनि तथ्यांकहरुलाई रिकभरी प्रक्रियाबाट सुरक्षित गरिएको उनले बताए। उनले भने, ‘हाम्रो आइटी टिमले डेटा एक्सट्र्याक्सन भए पनि सेफ रहेको जनाएको छ ।’
डा देवका अनुसार अब पुरानो सर्भर पुन प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था देखिएको छ।
ह्याकरको पहिचानका लागि आइटी टिमले काम गरिरहेको उनले जानकारी दिए । प्रमाणहरूको आधारमा साइबर ब्यूरोले अध्ययन गरिरहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]