मेडिकल काउन्सिलको वेवसाइट ह्याक

100
Shares

काठमाडौं, २९ असोज । नेपाल मेडिकल काउन्सिलको वेबसाइट ह्याक भएको छ। गत असोज २६ गते आइतबार दिउँसोदेखि काउन्सिलको वेबसाइट ह्याक भएको हो ।

काउन्सिलका रजिष्ट्रार डा सतिश कुमार देवले वेबसाइट ह्याक भएपनि तथ्यांकहरुलाई रिकभरी प्रक्रियाबाट सुरक्षित गरिएको उनले बताए। उनले भने, ‘हाम्रो आइटी टिमले डेटा एक्सट्र्याक्सन भए पनि सेफ रहेको जनाएको छ ।’

डा देवका अनुसार अब पुरानो सर्भर पुन प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था देखिएको छ।

ह्याकरको पहिचानका लागि आइटी टिमले काम गरिरहेको उनले जानकारी दिए । प्रमाणहरूको आधारमा साइबर ब्यूरोले अध्ययन गरिरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *