वीर अस्पतालका लेखा अधिकृत दाहाल घुस सहित पक्राउ

252
Shares

काठमाडौँ, २६ असोज । वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज गरेको स्टिङ्ग अप्रेसनमा उनी १ लाख २० हजार ८५० रुपैयाँ घुस सहित पक्राउ परेका हुन् ।

लेखा अधिकृत दाहालले विभिन्न सप्लार्य कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नु पर्ने विल रकम भुक्तानी गर्दा घुस लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचनाको अख्तियार आज वीर अस्पताल पुगेको थियो ।

सूचना अनुसार खान तलासी गर्दा उल्लेखित रकम बरामद भएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अख्तियारको टोलीले दाहालसंग घुस वापतको रकम, मोवाइल र अन्य सम्वन्धित कागजातहरु बरामद गरेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *