वीर अस्पतालका लेखा अधिकृत दाहाल घुस सहित पक्राउ

384
Shares

काठमाडौँ, २६ असोज । वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज गरेको स्टिङ्ग अप्रेसनमा उनी १ लाख २० हजार ८५० रुपैयाँ घुस सहित पक्राउ परेका हुन् ।

लेखा अधिकृत दाहालले विभिन्न सप्लार्य कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नु पर्ने विल रकम भुक्तानी गर्दा घुस लिई कार्यकक्षमा लुकाई राखेको भन्ने सूचनाको अख्तियार आज वीर अस्पताल पुगेको थियो ।

सूचना अनुसार खान तलासी गर्दा उल्लेखित रकम बरामद भएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

अख्तियारको टोलीले दाहालसंग घुस वापतको रकम, मोवाइल र अन्य सम्वन्धित कागजातहरु बरामद गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *