जेनजी आन्दोलनका घाइतेको फलोअपका लागि १६ अस्पतालमा तोकियो ‘जेनजी क्लिनिक’

52
Shares

काठमाडौं, १५ असोज । जेनजी आन्दोलनका घाइतेहरूको उपचारमा सहजताका लागि १६ अस्पतालसहित फोकल व्यक्तिहरू तोकिएको छ ।

गृह मन्त्रालयले जेनजी आन्दोलनका घाइतेहरूको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौँ उपत्यकासहित देशभरका १६ अस्पतालहरूमा जेनजी क्लिनिक सञ्चालनमा ल्याएको हो ।

गत बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर डेडिकेटेड क्लिनिककाृ उद्घाटन गरेका थिए । सो अवसरमा उनले जेनजी आन्दोलनका घाईतेहरुको लागि परिचय पत्र वितरणको समेत शुभारम्भ गरेका थिए ।

गृह मन्त्रालयले जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालमा निशुल्क आउजाउको व्यवस्था समेत मिलाएको छ ।

जेनजी क्लिनिक स्थापना गरिएका १६ अस्पतालहरुमा काठमाडौँ उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल छन् ।

यस्तै कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेन जी क्लिनिक स्थापना गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *