सिभिल हस्पिटलमा जेन–जी क्लिनिक सञ्चालन

काठमाडौँ, १३ असोज । काठमाडौँस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) ले जेन–जी क्लिनिक सञ्चालन गर्ने भएको छ ।
अस्पताल प्रशासनले आइतवार एउटा सूचना प्रकाशित गर्दै जेन–जी क्लिनिक सञ्चालनमा ल्याएको जनाएको छ ।
सूचनामा भनिएको छ– ‘नेपाल सरकार गृह मन्त्रालयको असोज ११ गतेको सूचना एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोही मितिको परिपत्रअनुसार गत भदौ २३ तथा २४ गतेको प्रदर्शनमा घाइते भएका व्यक्तिहरूको नियमित उपचार र पुनर्जाँचका लागि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म छुट्टै जेन–जी क्लिनिकको व्यवस्था गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’
अस्पतालले यस प्रयोजनका लागि अस्पताल प्रशासनका माधवप्रसाद घिमिरेलाई सम्पर्क गर्नसमेत सूचित गरेको छ ।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



